२०८२ बैशाख ४ गते बिहिवार | 2025 April 17th Thursday

बा.न.पा. ८ को चौथो वडा कप खेलकुद प्रतियोगिता बिहीबार देखि सुरु

बागचौर नगरपालिका वडा नं. ८ को चौथो वडा कप खेलकुद प्रतियोगिता बिहिवार देखि सुरु भएको छ ।                             

वडा नं. ८ का वडा अध्यक्ष सुशील जंग चन्दकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि नगर प्रमुख गाैतमले ब्यानर पढेर तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियाे । 

कार्यक्रममा बाेल्दै नगर प्रमुख गाैतमले खेल क्षेत्रकाे विकास गर्न, खेलाडी र वडाकाे पहिचान दिन खेलकुद कार्यक्रमकाे महत्त्व रहने बताउनुभयो । वडा कप खेलकुद प्रतियोगिता मार्फत लुकेर रहेका खेलहरु तथा खेलाडीहरुलाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलाडीहरुले अनुशासित भएर खेलमा सहभागीता जनाउन आग्रह गर्दै, उहाँले खेलकुदका माध्यम बाट वडा, नगर हुदै अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन खेल खेल्न अनुरोध गर्नुभयो । नगरपालिका खेल क्षेत्रकाे विकास र खेलाडीकाे सम्मानका लागि सधैं तत्पर रहेकाे उहाँको भनाइ छ । 

कार्यक्रममा बिशिस्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम अन्य अतिथिहरुमा नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, नगर युवा तथा खेलकुद विकास समिति संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम वली, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं. १० का वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा धिताल, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, बुद्धिजीवी लगाएत वडावासीहरुकाे सहभागीता रहेको थियो ।                             

उद्घाटन कार्यक्रमकाे सहजीकरण खेमराज सुनारले गर्नुभएको थियो । कार्यक्रम माघ १ गतेसम्म संचालन हुनेछ ।                   

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस