संघर्षशील साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभाकाे बुधबार बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ ।
गरिबी न्यूनीकरणकाे उदेश्यले कृषि विकास बैंकबाट साना किसान विकास आयोजनाकाे रुपमा संचालित साना किसान संस्थागत विकास कार्यक्रम हाल साना किसान बैंक मार्फत संचालित संघर्षशील साना किसान कृषि सहकारी संस्थाकाे रुपमा बागचाैर नगरपालिका वडा नं. १, २ र ३ मा संचालित रहेको छ ।गरिब साना किसान महिलाहरूलाई संगठित गर्ने र ग्रामीण क्षेत्रमा छरिएर रहेका स-सानाे पुँजीलाई एकीकृत गरि ग्रामिण पुँजी निर्माण गर्दै किसानकाे जीवनस्तर माथि उकास्न संघर्षशील साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे स्थापना भएको हाे ।
वार्षिक साधारणसभा कार्यक्रममा संस्थाकाे २०७९ मङ्सिर मसान्तसम्मकाे सांगठनिक विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख गाैतमले स्थानीय पालिकामा संचालित बैंक तथा सहकारी संस्थाहरुमा जम्मा हुने रकम यहीँका बास्तबिक किसान तथा व्यवसाय लाई सहुलियत रुपमा कर्जा उपलब्ध गराउन र उत्पादन मुलुक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । सहुलियत कर्जा उपलब्ध गराउदा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जाेड दिनुभयो । बैंक तथा सहकारी संस्था बाट जुन उदेश्यले कर्जा लिइन्छ त्यसैमा लगानी गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष लगाएतका जन प्रतिनिधि, लगाएतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष तुलाराम बस्नेतकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेत, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य राेजी बुढाथोकी, ढाका कुमारी वली डि.सी, वडा नं. ३ का दलित महिला सदस्य सितला कुमारी बि.क, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, बुद्धिजीवी तथा समाजसेवी, संस्थाका सेयर सदस्यहरु लगाएतकाे उपस्थिति रहेको थियो । संस्थाकाे संचालक समिति सदस्य उषा डि.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकाे सहजीकरण संस्थाका प्रवन्धक राजेन्द्र बहादुर डि.सीले गर्नुभएको थियो ।