सिस्ने हिमाल गीत सार्वजनिक भएको छ । गीत कृष् क्षेत्रीको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हाे।
कृष् क्षेत्री, देबी बस्नेत, घनशयाम परियार र निर्मला बस्नेतकाे स्वरमा रहेको गीतलाई लय अनि शब्द कृष् क्षेत्रीकाे रहेको छ ।गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।
“तोरी बारी साईली झ्याप झ्याप झ्याप अनि गैरा बारी साईली झ्याप झ्याप झ्याप” यस्तै यस्तै शब्दलाइ मिलाएर गीत बनेको छ मध्यपशिमका गाउँघरमा गाइने गीतलाई कलेक्सन गरेर यो गीत बजारमा आएको कृष् क्षेत्रीले जानकारी दिएका छन् ।
तिलक शाहीको निर्देशन, सरोज शाहीको छायांकन र राज कुमार मगरको सम्पादन रहेको गीतमा मेकअप राजन पौडेलले गरेका छन् ।
भिडियोमा गोबिन्द बिबस,ममता राना मगर,कंचन घर्ति मगर,तिलक शाही र पर्बिन पुरीको डान्स रहेको छ ।
हेर्नुहोस भिडियो । https://youtu.be/tPTMHJWbgeA
