बागचौरमा आँखा सम्बन्धि निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न- १३४ जनाको मोतिबिन्दु शल्यक्रिया गरियो ।
सल्यानको बागचौर नगरपालिकामा निःशुल्क माेतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । बागचौर नगरपालिकाको आयोजनामा सिबिएम ग्लोबल नेपाल, नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग, राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गको प्राबिधिक सहयोगमा शिविर संचालन गरिएको हो ।
बागचौर नगरपालिका भित्रका विभिन्न १० वटा स्वास्थ्य संस्थाहरुमा मङसिर २४ गते देखी २८ गतेसम्म निःशुल्क मोतिबिन्दु छनोट शिबिर संचालन गरिएको थियो । शिविरमा ९३८ जनाको आँखा चेकजाँज गराएकोमा २८० जनामा मोतिविन्दुको समस्या रहेको पाइयो ।
मङसिर २९ र पौष १ गते जनकल्याण क्याम्पस थारमारेमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविर संचालन गरिएको थियो । शिविरमा ५१७ जनाले आँखा जाज गराएका थिए, जसमध्ये १४१ जनाको ल्याव परिक्षण गरिएको थियो, ल्याव रिपोर्ट अनुसार ७ जना बाहेक पुरुष ६७ जना र महिला ६७ जना गरी १३४ जनाको मोतिबन्दु शल्यक्रिया गरिएको थियो । ७ जनाको मोतिविन्दु शल्यक्रियाका लागि राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गमा सिफारिस गरिएको नेत्र विशेषज्ञ डा.सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिका भित्र आँखा सम्बन्धि समस्या भएका निम्न वर्गका नागरिकलाई सहज रुपले निःशुल्क आफ्नै घर नजिक सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले बताउनुभयो । आफ्नै घर नजिक निःशुल्क रुपले सेवा पाउदा नागरिकमा छायको खुसी देख्दा आफुलाइ खुसी लागेको उहाँले बताउनुभयो । नगरपालिकाले अब चाँडै महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धि शिविरको आयोजना गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
शल्यक्रिया पछी बिरामीलाइ आँखाको हेरचाह गर्न, काममा भन्दा बढी आफ्नो स्वास्थ्यमा ध्यान दिन बागचौर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डिसी वलीले आग्रह गर्नुभयो ।
यस्ता खालका शिविरले नगरवासीहरुलाइ धेरै टेवा पुर्याएको बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गौतमले बताउनुभयो ।
निःशुल्क आफ्नै घर नजिक आफ्नो आँखाको उपचार गाराउन पाउदा धेरै खुसी लागेको बागचौर नगरपालिका वडा नं. ७ का चुडामणि वलीले बताउनुभयो । उहाँले शिविरको आयोजना गर्ने बागचौर नगरपालिकालाइ शिविरमा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो । शिविरमा सहभागी आँखा सम्बन्धि बिरामीले खुसी व्यक्त गर्दै यस्ता किसिमका शिविर आगामी दिनमा पनि संचालनका लागि नगर प्रमुख गौतम संग माग गरेका थिय ।
बागचौर नगरपालिकाले राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्ग, नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपाल र लमही आँखा अस्पताल दाङ्गलाइ शिविरमा आर्थिक सहयोग र प्राबिधिक सहयोग गरेकोमा कदर पत्र सहित सम्मान गरेको थियो भने प्राबिधिक रुपमा खटीएर आएका १८ जना प्राबिधिकलाइ खादा सहित सम्मान गरेको थियो ।