२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

श्रीनगर बजार अस्थाई बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनेका संरचना हटाउन नगरपालिका द्वारा सुचना जारी

सल्यानको शारदा नगरपालिकाले वडा नं.१ श्रीनगर बजार नजिक अस्थाई बसपार्क क्षेत्र भित्र एलानी जग्गामा रहेका घरटहराहरु हटाउन सुचना जारी गरेको छ ।

नगरपालिकामा २०७९ मंसिर १५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार निकट भविष्यमा बन्न लागेको आधुनिक बसपार्कको लागि सरकारी पर्ती ऐलानी जग्गा छुट्याइ नापजाँचको कार्य भइसकेकोले सूचना प्रकाशनको मितिले ३५ दिन भित्र उक्त क्षेत्र भित्र रहेका ७५ घरदुरि, टहरा र समानहरु हटाउन नगरपालिकाले आग्रह गरेको छ ।

३५ दिन भित्र निर्माण भएका घरटहराहरु, अतिक्रमीत जग्गा तथा निर्माण भएका संरचनाहरु नहटाएमा पालिकाले कार्वाहीको प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख छ ।                     

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस