२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचाैरमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया तथा र्‍याली कार्यक्रम सम्पन्न ।

समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस बागचाैरमा मनाइएको छ ।                                                                                 

बागचाैर नगरपालिकाकाे आयोजनामा सुइस नेपाल, नेपाल नेत्र जोति संघ, र सिएमसि नेपालको आयोजना तथा फ्यालम नेपाल, बिएम जेट, सि.बिएम नेपालको आर्थिक सहयोगमा दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम तथा र्याली सम्पन्न भएको हो ।   

अन्तरक्रिया तथा र्‍यालीमा अपाङता भएका व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुले अपाङ्गता भएकाहरुका लागि न्यायको माग सहित विभिन्न प्लेकार्ड बोकेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुले अन्तक्रिर्या कार्यक्रममा बाेल्दै अपाङ्गता भएका व्यक्तिलाई कार्यस्थल, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, सडक, मठ, मन्दिर जस्ता स्थनमा सहजताका लागि भाैतिक संरचना निमार्ण गर्नुपर्ने बताएका छन । अपाङ्गता भएका व्यक्तिको पहिचान गरि क्षमता अनुसार आत्मनिर्भर बन्ने खालका सीप मुलुक तालिम दिनु पर्ने उनिहरुकाे माग छ ।                                                                           

कार्यक्रमा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु सदरमुकाम जान कठिन हुने भएकाले स्वास्थ्य अवस्थाको जाँच गर्न र सजिलै सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाका २ स्थानमा यस अघि शिविरकाे आयोजना गरिएको बताउनुभयो । फरक क्षमता भएको व्यक्तिहरुको लागि आगामी दिनमा बिभिन्न सिप बिकासका कार्यक्रमहरु संचालन गरी आत्मानिर्भरमा जोड दिने समेत उहाँले बताउनु भयो ।                                                 

कार्यक्रममा बाेल्दै नगर प्रवक्ता तथा वडा नं. २, का वडा अध्यक्ष दिपेश डि.सीले सरकार बाट पाउने सेवा सुबिधा बाट बन्चित नहुन र अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी गराउनको लागि नगरपालिका भित्र रहेका अपाङ्गताहरुको पहिचान गरि परिचयपत्र दिन सुरु गरिएको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुका लागि नगरपालिकाबाट र वडाबाट बजेट विनियोजन गरिएको र यसलाई चाडैं प्रभावकारी रुपमा अगाडि बढाउने बताउनु भएको छ । अपाङ्ग व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आएको र सबै सामाजिक रुपमा मिलेर बसेको उहाँको भनाइ छ ।                   

बागचाैर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रीता वलीको अध्यक्षता, नगर उप-प्रमुख सुम्निमा डि.सी. वलीको प्रमुख आतिथ्यता, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी. को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा सदस्यहरु, नेपाल नेत्र जोति संघ (एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम) बागचाैरका सामुदायिक संयोजक भरत देवकोटा, सिएम सि नेपालका मनोसमाजिक परामर्शकर्ता गोपाल बुढाथोकी, सिविस नेपालका बागचाैर नगरपालिका सामाजिक परिचालक चुडामणी वली, नगरपालिकाका विभिन्न ठाउँका अपाङ्गता भएका व्यक्तिहरु, स्थानीयहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम प्रचात र्‍याली सहित खरिबोट बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रमको संचालन सिविस नेपालका सामाजिक परिचालक चुडामणी वलीले गर्नुभएको थियो ।                                       

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस