२०८२ बैशाख ४ गते बिहिवार | 2025 April 17th Thursday

जेष्ठ नागरिकलाई १ दिने नि:शुल्क आँखा जाँच, खकार संकलन तथा माेतियाबिंद छनौट कार्यक्रम सम्पन्न ।

मङ्सिर १५, सल्यान ।                                                         
जेष्ठ नागरिकलाई १ दिने नि:शुल्क आँखा जाँच, खकार संकलन तथा माेतियाबिंद छनौट कार्यक्रम बागचाैर नगरपालिका १०, पिपलनेटा स्वास्थ्य चाैकीमा सम्पन्न भएको छ ।                       

बागचाैर नगरपालिकाकाे आयोजनामा नेपाल नेत्र ज्योति संघ (एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम) कर्णाली प्रदेश, नेपालको प्राविधिक सहयोग, बागचौर नगरपालिका वडा नं.१० कार्यालयको व्यवस्थापनमा पिपलनेटा स्वास्थ्य चौकीमा जेष्ठ नागरिकलाई १ दिने नि:शुल्क आँखा जाँच कार्यक्रम, खकार संकलन तथा माेतियाबिंद छनौट गरिएको हाे ।                         

आँखा जाँच कार्यक्रममा ६५ जनाको आँखा जाँच गरीएको छ भने २३ जनामा माेतियाबिंदको विरामी रहेका र ६१ जनालाई नि:शुल्क औषधी बितरण गरीएको थियो भने २० जनाकाे खकार संकलन गरिएको छ ।                                                         

कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले जेष्ठ नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यक्रमकाे आयोजना गरेको बताउनुभयो । जेष्ठ नागरिकका हरेक समस्यामा सहयाेग गर्न र सेवा सुविधा उपलब्ध गराउन नगरपालिका लागिपरेको उहाँको भनाइ छ।                   

उक्त कार्यक्रममा नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम बागचौर नगरपालिका सामुदायिक संयोजक भरत देवकोटा र प्राथमिक आँखा तथा कान उपचार केन्द्र खरिवोटमा मा कार्यरत क्षेत्र सहायक लक्ष्मी थापाले जेष्ठ नागरीकहरुकाे आँखा जाँच गर्नु भएको थियो ।                       

कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. १० का वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा धिताल, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।                                                       

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस