मङ्सिर १५, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा अपाङ्गताको पहिचान गरि परिचयपत्र वितरण गर्न गरिएको छ । अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरको आयोजना गरि अपाङ्गताको पहिचान गरि परिचयपत्र वितरण गर्न थालिएको हो ।
बागचौर नगरपालिकाको आयोजना र युरोपियन युनियन, सेफ द चिल्ड्रेन, सिविसको सहकार्यमा आयोजना गरिएको शिविर बाट अपाङ्गता भएका व्यक्तिको प्रकृति हेरी उनिहरुको पहिचान गरेर परिचयपत्र दिइएको नगरपालिकाले जनाएको छ । शिविर बुधवार प्राथमिक स्वास्थ्य केन्द्र थारमारे र बिहीबार काेटबारा स्वास्थ्य चाैकीमा आयोजना गरिएको थियोे।
बुधवार प्राथमिक स्वास्थ्य केन्द्र थारमारे बाट नगरपालिकाकाे वडा नं. १, २, ३, ४, ५, ८ र १० का १५९ जना र बिहीबार काेटबारा स्वास्थ्य चाैकी बाट वडा नं. ६,७,९,११ र १२ का ११० जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन । अपाङ्गता परिचयपत्र कार्यबिधि बमोजिम सम्भाबित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि परिचयपत्र दिन योग्य ९२ जना छनोट भएका छन । शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न र स्वास्थ्य चेक जाँचको लागि जिल्ला अस्पताल सल्यान बाट डाक्टरको नगरपालिकाले व्यवस्था गरेको थियोे ।
राज्य बाट पाउने सेवा सुबिधा बाट बन्चित नहुन र अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी गराउनको लागि नगरपालिका भित्र रहेका अपाङ्गताहरुको पहिचान गरि परिचयपत्र दिन सुरु गरिएको नगर प्रमुख जनक गौतमले बताउनु भयो । पहिलो चरणमा शिविरको आयोजना गरि छनोट भएका व्यक्तिहरुलाई वडा बाट परिचयपत्र वितरण गरिने उहाँले बताउनु भयो ।
नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु सदरमुकाम जान कठिन हुने भएकाले स्वास्थ्य अवस्थाको जाँच गर्न र सजिलै सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाका २ स्थानमा शिविरको आयोजना गरिएको नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले बताउनु भयो । फरक क्षमता भएको व्यक्तिहरुको लागि आगामी दिनमा बिभिन्न सिप बिकासका कार्यक्रमहरु संचालन गरी आत्मानिर्भरमा जोड दिने समेत उहाँले बताउनु भयो ।
कार्यबिधिकाे आधारमा सिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरुकाे वास्तविक प्रकृति बुझि परिचयपत्र वडाका जनप्रतिनिधिले घरमै पुर्याउने प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले बताउनुभयो ।
सिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिले वास्तविक समस्या राख्ने त्यस आधारमा परिचयपत्र प्रदान गरिने नगर प्रवक्ता दिपेश डि.सीले बताउनुभयो । सिविर संचालन भएको ठाउँ सम्म आउन अति अशक्त व्यक्तिलाई नगरपालिकाले यातायात काे सुविधा दिएकाे उहाँले जानकारी दिनुभयो ।
आफहुरुले पालिका भित्र आयोजना गरिएको शिविर बाट सेवा पाउँदा खुसी लागेको सेवाग्राहीहरुले बताएका छन।
शिविरमा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. ६ का वडा अध्यक्ष ज्ञान बहादुर वली, वडा नं.११ का वडा अध्यक्ष केश बहादुर भण्डारी,वडा नं. १२ का वडा अध्यक्ष टिकाराम वली कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, रेशम बि.क, स्वास्थ्य शाखा प्रमुख हरि कठायत, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता वली, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।