२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेशले आधारभूत ज्योतिष प्रशिक्षण दिने

नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको तत्त्वावधान तथा नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेशको व्यवस्थानमा ३ महिने आधारभूत ज्योतिष प्रशिक्षण कार्यक्रममा सहभागी भई लाभ लिन इच्छुक ज्योतिष अनुरागीहरूमा हार्दिक अनुरोध गरेको छ । कार्यक्रममा ३ महिने आधारभूत गणित, फलित तथा पञ्चाङ्ग ज्योतिष प्रशिक्षण रहनेछ । मंसिर १९ गते देखि भर्चुअल माध्यमबाट कक्षा लगातार ३ महिना सम्म हुने भएको हो । ज्योतिष प्रारम्भिक चरणबाट क्रमबद्ध रुपले सिक्न र अध्ययन गर्दै गर्दा पनि कुण्डली विश्लेषण गर्न अलमलमापरि निराश भएका जातकहरुलाई मध्यनजर गरेर सञ्चालनमा ल्याउन लागिएको हो । विषयवस्तुको विस्तृत व्याख्या एवं व्यवहारिक पक्षलाई नियाल्दै सरल र सहज ढङ्गबाट अध्ययन गराईने नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष ज्यो. श्री मेघराज आचार्यले जानकारी दिनु भएको छ ।मंसिर १९ गते वाट हरेक दिन वेलुका ७ वजे वाट ८ वजे सम्म ज्योतिष प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

प्रमुख प्रशिक्षक डा.अर्जुनप्रसाद भट्टराई ,ज्यो. केशव गौतम, उप.प्रा. कपिल देव सुवेदी रहनु हुनेछ । यस तालिमका बिशेषताहरु ज्योतिष भित्रका गणित, फलित तथा पञ्चाङ्‌ग सम्बन्धि पूर्ण ज्ञान, हप्ताको १ पटक विशेष अतिथि बाट धर्म, संस्कृति तथा समसामयिक विषय‌मा प्रशिक्षण,मासिक मूल्याङ्‌कन साहित क्रम‌को
अन्त्यमा लिखित परीक्षा सञ्चालन गरी प्रमाण पत्र वितरण गरिनेआगामिदिनमा प्रशिक्षार्थी को अवश्यकता अनुसार माध्यमिक स्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने गणित तथा फलित ज्योतिषमा पूर्ण दक्षता विकास गरिने छ । नियमित गुगल कलास बाट कक्षा सञ्चालन गरिने ।
कार्यक्रम संयोजक ज्यो. केशव गौतम नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य तथा फलित ज्योतिष विभाग संयोजक सम्पर्क सुत्र ९८४७९६९२११आयोजक नेपाल ज्योतिष परिषद लुम्विनी प्रदेश कार्यसमिति रहेको नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशका महासचिव ढुण्डिराज ज्ञवालीले जानकारी दिनु भएको छ । मासिक शुल्क रु १०००। लाग्नेछ । नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको खाता नं.४१६७१००२००२९३००१ जम्मा गर्नु पर्ने लुम्बिनी प्रदेश कोषाध्यक्ष पद्मप्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस