२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

देश हितका लागि आवश्यक पर्‍योमा गठबन्धन गर्छौं: रवि लामिछाने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने बताएका छन्।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन्।

चुनावको बेला आफ्नो पार्टीले कसैसँग तालमेल वा गठबन्धन नगरेको तर भोलि देश हितका लागि आवश्यक पर्‍योमा आफ्नो पार्टीले साथ दिने बताएका हुन ।

लामिछानेले आफूलाई विजयी बनाएकोमा चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने जनाए।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस