२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

ईलाका प्रहरी कार्यालय थारमारेमा हिरासतमा रहने व्यक्तिलाई अध्ययनका लागि पुस्तकालय स्थापना

ईलाका प्रहरी कार्यालय थारमारे सल्यानमा पुस्तकालय स्थापना गरिएको छ ।

विभिन्न घटनाक्रम तथा अपराधमा अभियाेग भई हिरासतमा पुग्ने व्यक्तिलाई हिरासतमा फुर्सदको समय धेरै हुनेभएकाले अध्ययन गर्ने बानीकाे विकास हाेस भन्ने उदेश्यले पुस्तकालयकाे स्थापना गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताउनुभयो ।

अपराधी सधैं अपराधी नै नहुने र नेपालकाे न्यायप्रणालीले निजहरुलाई सुधार गरि फेरि पनि समाजमा पुनर्स्थापना गराउने लक्ष्य लियको हुनाले हिरासतमा पुस्तक मार्फत विभिन्न अभियोग लागि हिरासतमा पुगेका व्यक्तिको सुधारको सानो प्रयास स्वरुप पुस्तकालय स्थापना गरिएको उहाँको भनाइ छ ।    पुस्तकालयमा विभिन्न किसिमका ज्ञानमूलक पुस्तकहरु राखिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस