२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

सल्यानमा अरिंगालको टोकाइबाट आमा र छोरीको मृत्यु, एक जना घाइते

सल्यानमा अरिंगालको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट गम्भिर घाइते भएका सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेका छन् । आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमवार बेलुका खेतबाट धान काटेर घर फर्कने क्रममा उनिहहरुलाई अरिंगालले टोकेपछि उपचारका लागि श्रीनगर स्थित परोपरकार अस्पतालमा सामन्य उपचारपछि कोहलपुर लैजादै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो । गम्भिर घाइते सोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । यस्तै अरिंगालको टोकाइबाट गम्भिर घाइते भएका नविन वस्नेतको भने अहिले श्रीनगरमा रहेको परोकपकार अस्पतालमा उपचार भइरहको प्रहरीको जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस