२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

सल्यानमा मन्दिर दर्शनका लागि जादै गरेको जिप दुर्घटना -२ जनाकाे मृत्यु, घाईतेहरुको उपचार हुदै।

सल्यानकाे कुमाख गाउँपालिका ७, जिमालीमा शनिबार बिहान रा.१ ज.७९८ नम्बरकाे जिप दुर्घटना परि २ जनाकाे मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । जिपमा सवार कुमाख गाउँपालिका ७, डुमकोटका अन्दाजी ३९ वर्षका मान बहादुर पुन साेही ठाउँका अन्दाजी १४ वर्षकी एनका पुनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खैराबाङ मन्दिर दर्शनका लागि जादै गरेको उक्त जिप उकालोमा ब्याक गर्ने क्रममा सडक बाट १०० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा घाईते १७ जना मध्य केहीको जिल्ला अस्पताल खलंगा र बागचौर नगरपालिका २ बागचौर स्तिथ सहज पोलिक्लिनिक र जनप्रिय पोलिक्लिनिकमा उपचार भईरहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा चालक कुमाख गाउँपालिका ३, चिनाली बस्ने वर्ष २३ का अर्जुन मगर, सोहि गाउँपालिका ७, तातकोट बस्ने बर्ष १५ का तिलक गोसाई , बर्ष ४९ गंग बहादुर पुन, सोहि ठाउँ बस्ने अनिता पुन निजकै छोरा बर्ष ६ का जिबन पुन, बर्ष २० की झुपा पुन, बर्ष २६ की शुसिला पुन, चिनाली घर भएका बर्ष ४१ कि दन्नी ओली को अबस्था मध्यम छ भने डुमकोट घर भएका बर्ष २ का सन्देश पुन अवस्था सामान्य रहेको छ।

कुमाख गा.पा.३ राम्री बस्ने बर्ष १९ की रुपा रावत बर्ष २० का लोकेन्द्र ओली
कुमाख गा.पा ७ डुमकोट बस्ने बर्ष १६ का हेमराज पुन जिमाली बस्ने बर्ष १३ की प्रतिभा पुन , डुमकोट बस्ने बर्ष १५ का भरत बुढा मगर, बर्ष ३६ की भुमि पुन, वर्ष २३।२४ कि सुनिता बोहरा पुन मगर को अवस्था सिरियस रहेको छ। उनको जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको छ ६ महिनाको निजकै छोरी को अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस