२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानमा जिप दुर्घटना– ८ जनाको ज्यान गयो ।

सल्यानको कपुरकोटमा बुधबार बिहान भएको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ ।
कोहलपुरको ढकेरी बाट सल्यानको रिम तर्फ आउदै गरेको रा.१ ज. ५६३ नंम्बरको जिप अनियन्त्रित भई सडक बाट करिव १५० मिटर तल खस्केको थियो । जिपमा सवार जम्मा ९ जना मध्ये १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको र दुर्घटनामा घाइते कपुरकोट गाउँपालिका ६, जलबाङका तिलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गाडी चालक कपुरकोट गाउँपालिका ६, जलबाङका जित बहादुर बोहोरा, धर्मा ओली, , सुरेश खत्री, खुमलाल ओली, कुमारी ओली, टोप बहादुर ओली र उनका छोरा बसन्त ओली, कपुरकोट गाउँपालिका वडा नम्बर ५ रीमका ललित ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकोछ ।

 

 

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस