बागचाैर नगरपालिका वडा नं.२ मा रहेको लस्तम अग्लाटाकुरा भ्यू टावर अवलोकनका लागि अब हरेक दिन खुल्ला रहने भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी काे अध्यक्षता, बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको प्रमुख आतिथ्यता, नगर उप-प्रमुख सुम्निमा डि.सी वलीको विशिष्ट आतिथ्यता, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, पत्रकार र स्थानीयहरुकाे उपस्थितिमा अग्ला टाकुरा भ्यू टावर संरक्षण समितिलाई नगर प्रमुख जनकराज गाैतम र नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले संयुक्तरूपमा चाबी हस्तान्तरण गर्नुभएको हो ।
डाँगी जातिको उद्गम स्थलका रुपमा परिचित रहेको सल्यानकाे लस्तम नेपालको ऐतिहासिक ठाउँ मानिन्छ ।
नेपालका विभिन्न ठाउँमा बसोबास गरिरहेका डाँगी जातिहरु यहीँ ठाउँबाट उत्पत्ति भएको बिश्वास छ ।
यस ठाउँमा अहिले दिनहुँजसो आन्तरिक पर्यटको संख्यामा वृद्धि हुदै गएको छ । डाँगीहरुले परापुर्बकालमा पहिलो पटक यहीँ ठाउँ नजिकै बगेश्वरी कुलको पुजा गरेको बिश्वास गरिन्छ । जहाँ मन्दिर पनि निर्माण गरिएको छ ।
भ्यू टावर बाट सल्यानकाे पहिचान सुन्दर सल्लेरी पाखाहरुको सुन्दर दृश्य अवलोकण गर्न सकिन्छ भने रुकुम, रोल्पा, जाजरकोट, र नगरपालिकाका विभिन्न वडाहरुको दृश्याअवलोकण समेत गर्न सकिन्छ । स्थानिय स्तरमा उत्पादन हुने आँप, अङ्गुर , केरा, अम्बाको स्वाद चाख्नेहरुका लागि पनि यो ठाउँ नजिकैका गाउँहरु उपयुक्त मानिन्छन् ।
यस ठाउँमा जोखिममा परेका मानिसहरुको तत्काल उद्वार गर्न सहज होस् भन्ने उदेश्यले नगरपालिकाले हेलिप्याड समेत निर्माण गरेको छ ।
कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले नगरपालिकाले नयाँ कार्यविधि नबनाउदा सम्म केही समयका लागि भ्यू टावर संरक्षण गर्ने जिम्मा संरक्षण समितिलाई दिएको बताउनुभयो । आफुलाई धेरैले भ्यू टावर बन्द हुदा अवलोकन गर्न नपाएको गुनासो गरेपछि हरेक दिन खुल्ने गरि चाबी दिइएको उहाँको भनाइ छ । याे बागचाैर नगरपालिकाकाे सम्पति भएकालेे यसकाे संरक्षण, व्यवस्थित गर्न स्थानीय सरकार लाग्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिकाका नगर उप- प्रमुख सुम्निमा डि.सी वलीले बागचाैर नगरपालिकाकाे ऐतिहासिक र महत्त्वपूर्ण पर्यटकीय स्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकार लाग्ने बताउदै, सरसफाइका लागि चर्पीकाे आवश्यक रहेकाे र अन्य आवश्यक संरचना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै वडा नं. २ का अध्यक्ष दिपेश डि.सीले भ्यू टावर बनेकाे स्थान प्रितिकाेट डाँगी जातीहरुकाे उत्पत्ति भएको स्थान भएकाले यसले याे ठाउँलाई चिनाउने र डाँगी जातीहरुले कुल पुजेकाे स्थान पनि यहीँ रहेकाले कुल पुज्ने मन्दिर र अर्को भगवतीकाे मन्दिर पनि रहेकाेले यी संरचनाकाे निर्माण तथा संरक्षणका गर्न आवश्यक रहेको बताउनुभयो । प्रचारप्रसार नहुदा ओझेलमा परेकाे बताउनुभयो ।