२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

विपद् जोखिम व्यवस्थापन स्थानीय निर्देशिका सम्बन्धि २ दिने तालिम बागचौरमा सम्पन्न

बागचौर नगरपालिकामा विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धि २ दिने तालिम आज सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन, USAID, NSET, नेपाल नगरपालिका महासंघ, गाउँपालिका महासंघको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिका लागि दुई दिनसम्म संचालन भएको तालिमको समापन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बागचौर नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धि तयार पारिएको १० बुँदे घोषणापत्र प्रस्तुत गरे । उनले विपद् जोखिमलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा २ दिनसम्मको तालिममा सिकेका कुरालाई सहकार्य र सहमतिका साथ न्युनिकरण गर्नका निमित्त सबैतिरबाट एकमुष्ट रुपमा लागि पर्ने बताए ।
गौतमले बागचौर नगरपालिकाभित्र हुने जुनसुकै किसिमका दैवीप्रकोपलाई न्युनिकरण गर्न स्थानीय तहले नसकेमा सबै सरोकारवालाहरुसम्म पुगेर समस्याको समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता गरे ।
यस्तो छ विपद् व्यवस्थापन सम्बन्धि १० बुँदे घोषणापत्र :-

तालिममा स्थानीय तहले विपद् जोखिम व्यवस्थापनका लागि पुर्वतयारीका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्माण गर्ने, अगुवा संस्थाको पहिचान र जिम्मेवारी प्रदान, प्राथमिक उपचार तालिम, पुर्न ताजकि तालिम, पालिकास्तरीय ख‍ोज तथा उद्वार तालिम लगायतका विषयमा बृहत् छलफल छलफल गरिएको बताईयो ।

२ दिनसम्म संचालन भएको तालिममा प्रशिक्षक कृष्णा कुमारी वाग्ले र शारदा नगरपालिका सल्यानका स्वास्थ्य प्रमुख विरेन्द्र हमालले प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा बागचौर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी. वली, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका शाखा प्रमुख लगायत पत्रकारको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस