अपांगता पहिचान र परिचय पत्र वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहमा रहेको स्थानीय अपाङगता समन्वय समितिलाई एक दिने अभिमुखिकरण कार्यक्रम आज बागचौर नगरपालिकामा सम्पन्न भएको छ । सिविसको आयोजनामा भएको सामाजीक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सवलिकरण योजना कार्यक्रम अन्तर्गत सल्यान वागचौर नगरपालिका र रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका जनप्रतिनीधिलाई अपाङगता भएका ब्यक्ति पहिचान सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले अपाङगता भएका ब्यक्तिहरुको हक अधिकार सुनिश्चित स्थानीय तहले अपाङगता पहिचान परिचयपत्र वितरण पारदर्शी वनाउने वताउनुभयो । उहाले न्यायोचीत रुपमा सवै अपाङगता भएकालाई सीप क्षमता विकासमा आवश्यक कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा पश्चिम रुकुम मुसिकोट नगरपालिका उप प्रमुख विमल कुमार पुनले अपाङगता भएका ब्यक्तिहरुको लागि ठोस योवजना बनाएर अगाडी बढेको बताउनु भयो । उनिहरुको क्षेमता बिकासको लागि सिप बिकास तालिमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा राष्टिय अपाङग महासंघका पूर्व अध्यक्ष एव्म विज्ञ सुर्दशन सुवेदीले स्थानीय अपाङगता समन्वय समितिको काम कर्तब्य अधिकार, अपाङगता पहिचानका आधारहरु तथा परिचय पत्र वितरणको लागि सरलीकृत गरिएको कार्यवीधि लगायत विषयमा सहजीकरण गर्न भएको थियो ।
विगत एक वर्ष देखि समाजीक सुरक्षा र घटना दर्तालाई ब्यवस्थित गर्न राष्टिय परिचय पत्र तथा पञ्जीकरण विभागको समन्वयमा सल्यानको वागचौर , रुकुम पश्चिमको मुसिकोट नगरपालिका लगायत देशका १७ जिल्लाको २९ पालिका यो कार्यक्रम लागुभएको सिविस परियोजना संयोजक उमंग मैनालीले वताउनुभयो । उहाका अनुसार यो कार्यक्रम आउदा मंसिर मसान्त सम्म सञ्चालन हुने छ ।
परियोजनाले जनप्रतिनीधि ,वडा सचिवलाई अभिमुखिकरण, एप्लीकेशन निर्माण गरि अपाङगताको पहिचान गर्न सहजीकरण गर्ने , ब्यक्तिगत घटना दर्ता लाईअनलाईनको लागि रुकुम मुसिकोट नगरपालिकामा ७ वडा र सल्यान वागचौरकाका ८ वडामा कम्प्युटर लगायतको उपकरण समेत प्रदान गरिएको छ ।