२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो ।

बैठक सकिएपछि नतिजा सार्वजनिक भएको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :

www.see.gov.np

www.neb.gov.np

www.khalti.com

www.neemaacademy.com

www.ekantipur.com

www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np

www.admissionnepal.com

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस