२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बागचाैरमा मा.वि स्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यान र बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयुक्त आयोजनामा आयोजित मा.वि स्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन’ शिर्षकमा बागचौर नगरपालिका अन्तर्गतका विभिन्न ८ वटा विद्यालयका १५ जना छात्रछात्राहरुले प्रतिस्पर्धामा गरेका थिय । जस अन्तर्गत प्रतियोगिताको नतिजा यसप्रकार रहेको छ ।

छात्रा तर्फ प्रथम गंगा वली श्री शिशु जागरण मावि खोरबारे, द्वितीय निरुता वलि श्री बाल कन्या मावि कोटबारा, तृतीय कविता थापा श्री दुर्गा सरस्वती मावि बाफुखोला, सानत्वना मञ्जरी वलि श्री शिशु कल्याण मावि हारिचार
छात्र तर्फ प्रथम प्रविन वली श्री दुर्गा सरस्वती मावि बाफुखोला, द्वितीय पवन डाँगी श्री शिशु जागरण मावि खोरबारे, तृतीय तिलक वलि श्री शिशु कल्याण मावि हारिचार, सान्त्वना अर्जुन वि. क. श्री कालिका मावि कोटमौला

प्रतियोगिताका उत्कृष्ट (प्रथम) छात्रा गंगा वली र छात्र प्रविन वली बागचौर नगरपालिकाको प्रतिनिधित्व गरेर आगामी साउन ६ गते सल्यान खलंगामा आयोजना हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन जाने छन ।

बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टेक बहादुर डि. सी. को अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतमको बिशिस्ट अतिथि नगर उप-प्रमुख श्री सुम्निमा डि. सी. वली, ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी सहायक निरीक्षक हरि न्यौपाने, ट्राफिक प्रहरी हवल्दार मन बहादुर बुढा र सहभागी विद्यालयका प्र. अ. तथा प्रतिनिधिहरु र सहभागी छात्रछात्राहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस