२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

सल्यानमा पहिलो पटक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
४० लिटर क्षमताका सिलिन्डर दैनीक ४० देखि ४८ थान भर्न सकिने क्षमताको फिलिङ सिस्टम सहितको प्लान्ट जडान गरिएको हो ।

बिहिवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख जसबिर ओलिले जिल्लाकै पहिलो अक्सिजन प्लान्टको उद्घाटन गरेका छ्न ।

संघीय सरकारको ७१ लाख बजेटबाट प्लान्ट जडान गरिएको निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक दशरथ कुमार श्रेष्ठले बताए । ७५ लाख बजेट भएतापनी मुद्रक इन्टरनेशनल प्रालिले टेन्डर मार्फत ७१ लाखमा काम सम्पन्न गरेको उनको भनाई छ ।

कोरोना कहरका समयमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाएका थिए । जडान गरिएको प्लान्टबाट अस्पतालमा मात्रै नभई जिल्लाभरि नै अक्सिजन अभाव नहुने अस्पताल बिकास समितिका अध्यक्ष सिपि ओलिले बताए । अन्य स्थानमा समेत माग अनुसार उपलब्ध बनाइने उनले बताए ।

यस अघि जिल्लामा अक्सिजन प्लान्ट नुहदाँ खाली सिलिन्डर रिफिल गर्नको लागि दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । अक्सिजन जडान पश्चात् जिल्लाबासी खुशी भएका छ्न । अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई समेत सहजता हुने अस्पतालले बताएको छ । अव जिल्लामा अक्सिजन नपाएर कसैले पनि  ज्यान गुमाउनु नपर्ने अस्पतालले बताएको छ ।

अस्पतालमा रोल्पा र रुकुमका धेरै बिरामी उपचारका लागि आउने गरेका छ्न । अस्पतालमा दैनिक १ सय पचास देखि २ सयको हाराहारिमा बिरामीहरु उपचारका लागि आउने गरेको डाक्टर अभिषेक सिंहको भनाई छ । अस्पतालमा हाल ६ जना डाक्टर रहेको बताइएको छ । अस्पतालमा सब बहान र एम्बुलेन्स साउन महिनासम्म आइपुग्ने स्वास्थ्य सेवा कार्यालयले बताएको छ ।प्लान्ट उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख जसबिर ओलि, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसि, शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा सुनार, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल लगाएतकाले मन्तव्य राखेका थिए । अस्पताल सबै नागरिक हरुको भएकाले बिकासकोलागि सबैले सहकार्य गर्नुपर्ने र अस्पताललाई प्राप्त बजेट सहि सदुपयोग गर्नुपर्नेमा कार्यक्रमका बक्ता हरुले जोड दिएका थिए ।

 

 

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस