२०८२ फाल्गुन १० गते आइतवार | 2026 February 22nd Sunday

इलाका प्रहरी कार्यालय सिमखोली, सल्यानको भवन शिलान्यास

इलाका प्रहरी कार्यालय सिमखोली, सल्यानको ३ करोड ७८ लाख ६७ हजार ४ सय रुपैयाँ लागतमा निर्माण हुने नयाँ भवनको शिलान्यास गरिएको छ।

सुरक्षा सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने उद्देश्यसहित निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा बिसी निसान भुमी जेभी कम्पनीले पाएको छ।

शिलान्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर के.सी., बागचौर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जोगेन्द्र वली, प्रहरी निरीक्षक यम बहादुर मल्ल, बजार व्यवस्थापन समितिका पदाधिकारीहरू, इन्जिनियर सुमन काफ्ले, जग्गादाता, स्थानीय व्यापारी, राजनीतिककर्मी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले भवन निर्माण सम्पन्न भएपछि इलाका प्रहरी कार्यालय सिमखोलीको सेवा प्रवाह थप सहज, प्रभावकारी र जनमैत्री हुने विश्वास व्यक्त गरेका छन्। साथै तोकिएको समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

निर्माण सम्पन्न भएपछि सिमखोली क्षेत्रको शान्ति–सुरक्षा व्यवस्थापन थप सुदृढ भई स्थानीय नागरिकले अझ छरितो र प्रभावकारी प्रहरी सेवा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष १९ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस