२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

श्री राष्ट्रिय मा.वि. बयालडाँडाको आयोजनामा खुला वडा स्तरीय भलिबल प्रतियोगिता हुदै

सल्यान — विजयादशमीको पावन अवसरमा श्री राष्ट्रिय माध्यमिक विद्यालय, बयालडाँडाको आयोजनामा बागचौर नगरपालिका–५, सल्यानमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता २०८२ असोज १३ देखि १५ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।

प्रतियोगितामा विभिन्न वडाका टोल र युवा समूहका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। उत्कृष्ट टिमलाई प्रथम पुरस्कार रु ३०,०००, द्वितीय पुरस्कार रु २०,००० र तृतीय पुरस्कार रु १०,००० प्रदान गरिनेछ।

आयोजकहरूले यस प्रतियोगिताले खेलकुदको विकाससँगै सामाजिक एकता र आपसी भाईचारा बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस