२०८२ भाद्र २९ गते आइतवार | 2025 September 14th Sunday

सल्यानमा भिरबाट लडेर बाख्रा चराउन गएकी महिलाको मृत्यु

सल्यान–बागचौर ९ की २४ वर्षीया दिपा वली बस्नेत जंगलमा बाख्रा चराउँदा करिब ५०० मिटर तल खसेर घाइते भइन्; अस्पतालमा उपचारको क्रममा मृत्युवरण

सल्यान – बागचौर नगरपालिका–९ परिलेख बस्ने गोपाल बस्नेतकी २४ वर्षीय श्रीमती दिपा वली बस्नेतको बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सोमबार बेलुका साढे ५ बजे मोखल्यान सामुदायिक वनमा बाख्रा चराउँदा दिपा भिरबाट करिब ५०० मिटर तल लडिन् र टाउकोमा गहिरो चोट लाग्यो। उनलाई राति ९ बजे जनप्रिय पोलिक्लिनिक बागचौरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याइएको थियो । जहाँ डाक्टरले मृत घोषित गरे। शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

मृतकको श्रीमान बैदेशिक रोजगारीमा विदेशमा रहेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र १० गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस