२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

शक्ति चन्दको प्रस्तुति र आमा–छोरीबीचको तीज नृत्य प्रतियोगिता सभ्यता एकेडेमीमा हुने

थारमारे, सल्यान ।

सभ्यता एकेडेमी थारमारेमा यस वर्ष पहिलो पटक तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीका आमाहरूबीच तीज गीतमा नृत्य प्रतियोगिता हुने एकेडेमीले जनाएको छ।

आगामी भदौ ७ गते शनिबार बिहान ९ बजे सुरु हुने कार्यक्रममा विभिन्न आकर्षक प्रस्तुति रहनेछन्। कार्यक्रममा राष्ट्रिय कलाकार शक्ति चन्दको विशेष सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरूको लोकसंगीतमूलक प्रस्तुति, आमा–छोरीबीचको तीज गीतमा नृत्य प्रतियोगिता तथा विद्यार्थीहरूको प्रस्तुतिहरू रहनेछन्।

नृत्य प्रतियोगितामा उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

•पहिलो हुनेलाई रु ५ हजारसहित प्रमाणपत्र

•दोस्रो हुनेलाई रु ३ हजारसहित प्रमाणपत्र

•तेस्रो हुनेलाई रु २ हजारसहित प्रमाणपत्र

•सान्त्वना हुनेलाई रु १ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

विद्यालयका प्रधानाध्यापक भरत बस्नेतका अनुसार विद्यार्थी, अभिभावक र स्थानीयवासीको उत्साहजनक सहभागितासहित कार्यक्रमलाई सांस्कृतिक मेलाको रूपमा सफल बनाउन तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस