२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

बागचौर ५, बाङ्गेलाखुरीमा श्रीङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव सुरु

नगर प्रमुख जनकराज गौतमद्वारा उद्घाटन, धार्मिक र सांस्कृतिक कार्यक्रमले समुदायमा सदाचार र एकताको प्रवर्द्धन गर्ने उद्देश्य
  • सल्यानको  बागचौर नगरपालिका ५ मा श्रीङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सवको उद्घाटन भएको छ। उद्घाटन नगर प्रमुख जनकराज गौतमले गर्नुभएको हो।

उद्घाटन समारोहमा नगर प्रमुख गौतमले भन्नुभयो,
“यस प्रकारका धार्मिक र सांस्कृतिक कार्यक्रमले हाम्रो समाजमा सदाचार, धार्मिक चेतना र एकताको भावना प्रवर्द्धन गर्छ। हामीले परम्परा र मूल्यलाई बचाएर अगाडि बढाउन आवश्यक छ। यो महा-महोत्सवले समुदायमा सकारात्मक ऊर्जा ल्याउनेछ भन्ने मेरो विश्वास छ।”

समारोह आयोजक समितिका अध्यक्ष जंग बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, ५ नं. वडा अध्यक्ष जोगेन्द्र वली, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, राजनीतिक दलका नेता, विभिन्न धार्मिक संघ–संस्था, समाजसेवी तथा नगरवासीहरू उपस्थित थिए।

आयोजक समितिका अनुसार महोत्सवले धार्मिक संस्कार, सदाचार र सामाजिक जागरूकता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवमा विभिन्न आरती, भजन, धर्मिक प्रवचन र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छन्। यो महोत्सव आगामी केही दिनसम्म चल्ने जनाइएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस