सल्यानकाे बागचाैर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
नगरपालिकामा खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोपहरु पाएको प्रमाणिकरण भए पश्चात् आइतबार बागचाैरमा आयोजना भएको एक कार्यक्रममा नगर प्रमुख एवम् खोप समन्वयका समितीका अध्यक्ष जनकराज गाैतमकाे अध्यक्षतामा पूर्ण खा्ेप सुनिश्चितता पालिका घोषणा गरिएको हाे ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार नगरपालिका भित्रका १६ महिनादेखि २३ महिनाका १५२३ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको छ।
कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख एवम् खोप समन्वयका समितीका अध्यक्ष जनकराज गाैतमले समृद्ध बागचाैर निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नगरवासीहरु स्वस्थ हुनुपर्ने बताउनुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उहाँको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि योगदान पुर्याउने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतको लगन र मेहनतको सराहना गर्नुभयो ।
कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले खोप सुनिश्चितता दिगाेपना र निरन्तरताको लागि अझै मेहनत गर्नुपर्ने बताउदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
पूर्ण खाेप सुनिश्चितता निरन्तरता कायम राख्न कार्यक्रममा उपस्थित सबैले प्रतिवद्वता-पत्रमा हस्ताक्षर समेत गरेका छन ।
कार्यक्रमलाई सफल बनाउन सहयाेग पुर्याउने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।
नगर प्रमुख एवम् खोप समन्वयका समितीका अध्यक्ष जनकराज गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल, तथ्यांक सहायक प्रतिक भट्ट, थुमा बुढाथोकी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका, पत्रकार लगायत नगरवासीहरुकाे उपस्थिति रहेको थियो । कार्यक्रमकाे सहजीकरण स्वास्थ्य शाखामा कार्यरत धन बहादुर पुनले गर्नुभएको थियाे ।
