२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

सल्यानमा राप्रपा द्वारा जिल्ला प्रशासन कार्यालयमा विरोध र धर्ना, बसपार्कमा कोणसभा

आस्थाको आधारमा पक्राउ परेका आफ्ना नेताकार्यकर्ताहरूको रिहाइको माग गर्दै पार्टीको केन्द्रिय कार्यक्रम अनुसार विरोध स्वरुप मंगलबार जिल्ला प्रशासन कार्यालय सल्यानमा राप्रपा सल्यानले धर्ना दिएको हो ।

सल्यानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला प्रशासन कार्यालय सल्यानमा एक घण्टा धर्ना दिएको छ ।

आस्थाको आधारमा पक्राउ परेका आफ्ना नेताकार्यकर्ताहरूको रिहाइको माग गर्दै पार्टीको केन्द्रिय कार्यक्रम अनुसार विरोध स्वरुप मंगलबार जिल्ला प्रशासन कार्यालय सल्यानमा राप्रपा सल्यानले धर्ना दिएको हो ।

धर्ना समापन भएपछि सहभागी नेताकार्यकर्ताहरू प्रदर्सन सहित खलंगाकाे पुरानो बसपार्कमा आएर कोण सभामा गरेका थिए ।

कोण सभालाई केन्द्रिय सदस्य अणुबमसिंह श्रेष्ठ, कर्णाली प्रदेश उपाध्यक्ष शिला बुढाथोकी, क्षेत्र नं २ का अध्यक्ष सन्तोष राई, कपुरकोट ६ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण बोहरा लगायतले सम्बोधन गरेका थिए ।

राप्रपा सल्यानका कार्यवाहक अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको कोणसभाको संचालन महिला संघकी केन्द्रिय सदस्य इन्द्रा भण्डारीले गरेकी थिइन ।

राजसंस्था पुनर्स्थापनाको माग गर्दै गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि राप्रपाका बरिस्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा सहित थुप्रै नेताकार्यकर्तालाई सरकारले पक्राउ गरेको थियो भने स्वास्थ्य समस्याका कारण महामन्त्री धवल हाजिरी जमानीमा रिहा भए पनि अरु भने रिहा भएका छैनन् ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस