२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन पुगेका वृद्धको लडेर मृत्यु

जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एकजना पुरुषकाे लडेर मृत्यु भएकाे छ ।

बिहीबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीकाे एक्कासी लडेर मृत्यु भएकाे हाे ।

कार्यालयमा हिँड्दै गएका उनी ढोकामा पुगेपछि एक्कासि ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन पुगेका सेवाग्राही वली बहिरबाट कार्यालयको ढोकामा पुगेर ढलेको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ” हामीले सिसटिभि हेर्यौ, बाहिरबाट ढोकामा पुगेर अडिन खोज्नुभयो चक्कर लाग्यो होला लडेपछि टाउकोमा चोट लागेको थियो, अस्पताल लिएपछि निधनको खबर आयो, यो दुःखद भयो ।”

उनकाे को साथमा भान्जीज्वाइँ पनि थिए। उनी दम, रक्तचापको बिरामी थिए । उनको मृत्युको कारण खुलिसकेको छैन। शवको पोष्टमर्टमपछि मात्रै कारण खुल्ने प्रहरीले जनाएको छ। अहिले मृतकको शव जिल्ला अस्पतालमै राखिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस