२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

नेपाली काँग्रेस बा.न.पा. १२ काे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेपाली काँग्रेस बागचाैर नगरपालिका वडा नं १२ काे वडा कार्यसमितिले शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

बागचाैर नगरपालिका वडा नं १२ बाफुखाेलामा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस सल्यानका जिल्ला कार्यसमिति सह-सचिव जनकराज गाैतमको प्रमुख आतिथ्यता थियो । बागचाैर नगर कार्यसमिति सभापति दिपेश डि.सीकाे बिशिस्ट आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि, बिशिस्ट अतिथि नेपाली काँग्रेसका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सक्रिय कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस बागचाैर नगरपालिका वडा नं १२ का वडा सभापति टिकाराम वलीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय प्रतिनिधि रेखा कुमारी डाँगी खत्रीले गर्नुभएकाे थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस