२०८३ बैशाख ११ गते शुक्रवार | 2026 April 24th Friday

रुकुमबाट नेपालगंज जाँदै गरेकाे १६ जना सवार फोर्स गाडी सल्यानमा दुर्घटना

रुकुम पश्चिमको नुवाकोटबाट नेपालगंज जाँदै गरेकाे फोर्स गाडी राप्ती राजमार्ग अन्तर्गत सल्यानकाे कपुरकाेट कपुरकोट गाउँपालिका वडा नं. ३ आगरखोलामा दुर्घटनामा परेकाे छ ।

लु २ ख ५७३१ नम्बरकाे फोर्स गाडी साेमबार दिउँसो दुर्घटनामा परेकाे हाे । इलाका प्रहरी कार्यालय लुहामकाे प्रहरी चेट प्वाइन्टमा इन्ट्री भए अनुसार गाडीमा चालकसहित १६ जना सवार रहेका थिए ।

गाडी सडकबाट करिब २ सय मिटर तल खसेकाे प्रहरी चाैकी कपुरकाेटले जनाएकाे छ । दुर्घटनामा घाइते १२ जनाकाे उद्धार गरि उपचार भइरहेको र चालक सम्पर्कमा नरहेको प्रहरीकाे भनाइ छ ।

प्रहरी र स्थानीयले घटनास्थलमा उद्दार गरिरहेकाे र घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस