२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

सल्यानमा महिलाको घाँटी रेटि हत्या गरि फरार रहेका अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला

सल्यानमा एक स्थानीय महिलाको हत्या गरि फरार रहेका अभियुक्त मृत फेला परेका छन।

केही दिन अघि शारदा नगरपालिका -१४ ढारखानीकी ४६ वर्षीया प्रमिला गिरिको घाँटी रेटि हत्या गरेर फरार रहेका शारदा नगरपालिका १४ ढारखानीका ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आराेपित मृत गिरि आफ्नै घर नजिकै तुसारे स्थित स्थानीय लाेक बहादुर गिरीकाे खाली घरकाे बार्दलीमा झुन्डिएको अवस्थामा बिहीबार बिहान ६ बजेतिर फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताउनुभएको छ।

आफ्नै घर नजिकै बारीमा घाँस काटन गएकि प्रमिलाकाे घाँटी रेटिएको अवस्थामा मृत फेला परेको दिनमै आफन्तले किटानी जाहेरी दिएपछि वीरबहादुर गिरी साउन २१ गते बेलुकीदेखि फरार रहेका थिए ।

अहिले गिरि मृत फेला परेको स्थान तर्फ जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनाल सहितको टाेलि घटनास्थल तर्फ गई शवकाे पाेष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइ र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो।

हत्या गरिएकि प्रमिला र हत्या आराेपित वीरबहादुर नाताले जेठाजु बुहारी रहेकाे बताइएको छ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस