२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

प्रेस युनियन सल्यानको अध्यक्षमा लाेकेन्द्र चन्द चयन

नेपाली कांग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन सल्यानको अध्यक्षमा लाेकेन्द्र चन्द चयन हुनुभएको छ। युनियनको आइतबार सम्पन्न ७ औँ अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा माेहन शर्मा, समावेशी उपाध्यक्षमा सृजना बस्नेत सचिवमा ग्रेट गिरी सह-सचिवमा फलेन्द्र पुरीलाई चयन गरेको छ । यसैगरी खुल्ला सदस्यमा रुपलाल चलाउने, सुशील शर्मा, माेहन वली सदस्य जनजाति प्रदिप घर्ती मगर, महिला सदस्य ओमसरा घर्ती मगर चयन भएका छन ।

नेपाल प्रेस युनियन सल्यानका अध्यक्ष रेशम डि.सीको सभापतित्वमा सम्पन्न अधिबेशनमा प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय सचिव युवराज रेग्मी, बिशिस्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि खगेन्द्र भट्टराई, नेपाल प्रेस युनियन सल्यानका संस्थापक अध्यक्ष टाेपेन्द्र शर्मा (करण), नेपाल प्रेस युनियन सल्यानका पुर्व अध्यक्ष यादव प्रसाद उपाध्याय , नेपाल प्रेस युनियन कर्णाली प्रदेश सचिव कृष्ण वली, नेपाल प्रेस युनियन कर्णाली प्रदेश सदस्य सन्जीव देवकोटा श्रवण, नेपाल प्रेस युनियनका केन्द्रीय पार्सद सचेत शाह, राजेश गिरी, सनत कुमार शर्मा लगायतको उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस