२०८३ बैशाख ३१ गते बिहिवार | 2026 May 14th Thursday

ने.वि.संघ इकाई कार्यसमितिले लगायाे जनकल्याण क्याम्पस थारमारेमा ताल्चा

नेपाल विद्यार्थी संघ जनकल्याण क्याम्पस इकाई कार्यसमितिले क्याम्पसमा ताला लगाएको छ ।                                           

आगामी चैत्र ५ गते हुनगइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा असन्तुष्टि जनाउँदै ताला लगाएको इकाई कार्यसमितिले विज्ञप्ति मार्फत बताएको छ । जिल्लामा क्रियाशिल सम्पूर्ण विद्यार्थी संगठनहरूको सहमतिमा क्याम्पसहरुमा भागभण्डा गरिएको थियो । तर सल्यानकाे क्षेत्र नं. १ मा नेपाल विद्यार्थी संघलाई एउटा पनि क्याम्पस नपरेकाे जनकल्याण क्याम्पस थारमारेमा नेपाल विद्यार्थी संघकाे बलियो सम्भावना हुदाहुदै नेतृत्वले कुनै सर सल्लाह नगरी हस्तक्षेपकारी तरिकाले सहमति गरेकोमा इकाई समितिकाे आपत्ति रहेको विज्ञप्तिमा लेखिएको छ ।                                                     

स्वतन्त्र विद्यार्थी युनियनको हकमा ने.वि. संघ जनकल्याण क्याम्पस इकाई लाई अन्याय भएकोले न्यायाेचित ढङ्गको सहमतिको माग गर्दै यो निर्वाचन प्रक्रियामा सहभागी नहुने र बहिष्कार गरिएको व्यहोरा विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस