२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

ने.वि.संघले जनकल्याण क्याम्पसमा स्ववियु निर्वाचन लडने उम्मेदवारकाे नाम टुंग्यायो

नेपाल विद्यार्थी संघ बागचौरले स्ववियु निर्वाचनका लागि जिल्लामा गरिएको गठबन्धन मान्ने नभएको भन्दै विज्ञप्ति मार्फत एकल निर्वाचनमा जाने जानकारी गराएको छ।

नेपाल विद्यार्थी संघकाे तर्फबाट जनकल्याण क्याम्पसमा निर्वाचनकाे उम्मेदवारी सभापतिमा हस्त रावत, सचिवमा फलेन्द्र पुरी, कोषाध्यक्षमा सुशील याेगी, सदस्यहरुमा प्रसान्त डाँगी, पहलमान खड्का, राेषन राेकाय, टीकाराम बि.क, नवीन सुनारकाे नाम टुंगोमा पुर्याएकाे छ ।

शुक्रबार ने.वि.संघ जनकल्याण इकाई कार्यसमितीले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन‌को निर्वाचनको सम्वन्धमा सल्यान जिल्लाका विभिन्न क्याम्पसहरूमा नेपाल विद्यार्थी संघलाई अवग्या गरि जिल्लामा रातारात भएको सहमति प्रति ने.वि.संघले आपत्ति व्यक्त गरेको छ ।

साथै जनकल्यान क्याम्पसको हकमा ने.वि.संघ बलियो हुँदा हुँदै पनि एक पटक कसैलाई पनि नसोधी सहमति ग‌र्दा‌ उचित सहमति नभएको र उचित मुल्याङ‌कन पनि नभएका बताउँदै स्ववियु निर्वाचनका लागि भएको जिल्ला स्तरिय सहमति‌लाई स्वीकार्न नसिने जानकारी गराउदै ने.वि संघ बागचौर चुनाव प्रक्रियामा एकल जाने समेत जनाएको छ ।

साथै ने.वि.संघ जनकल्याण इकाई कार्यसमिती उप-सभापति फलेन्द्र पुरीको हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण नेपाल विद्यार्थी संघमा आस्थावान विद्यार्थीलाई निर्वाचनको तयारीमा लाग्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस