२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

सल्यान दृष्टिकोणका उपाध्यक्षले गरे जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण 

सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन मगरले सल्यान दृष्टिकोण नामक फेसबुक पेज चलाउने ज्ञानपुन “सबैको लागि शिक्षा पढेर लेखेर मात्र देशको मुहार फेरिन्छ” भन्ने नारा संगै आफ्नाे जन्मदिनकाे अवसरमा विद्यार्थीलाइ सहयाेग गरेका हुन् ।           

जिल्लाकाे शारदा नगरपालिका १३ चलाउनेपानी मा रहेको बालकल्यान प्राथमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीलाई उक्त सामाग्री सहयाेग गरेकाे उनले बताए ।

जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर उनले गरिब तथा जेहन्दार विद्यार्थीलाई १२ दर्जन कापी, १० दर्जन कलम र मोजा ३० पिस १२ टोपी लगाएतका सामाग्री वितरण गरेकाे बताए ।

युवाले समाज परिवर्तन गर्नु पर्छ भन्ने उदेश्यले आफ्नो जन्म ठाँउमा रहेको विद्यालयका गरिब जेहन्दार विद्यार्थीलाई पढाइमा केहि टेवा पुगोस् भनेर सहयाेग गरिएकाे उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकको सभा अध्यक्षमा सहयाेग हस्तान्तरण गरिएको थियो।

सल्यान जिल्लाकाे नामसँग जाेडिएर चलेकाे सल्यान दृष्टिकोण नामकाे उक्त पेजमा सल्यानका धेरै युवाहरु जाेडिएर सल्यान जिल्ला चिनाउने विभिन्न खाले सामाग्रीहरु पाेष्ट गर्ने गर्दछन् ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस