२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

धनिराम केसि स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कार पत्रकार शंकर केसिलाई

धनिराम के.सी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कार पत्रकार शंकर केसिले पाएका छ्न । नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष समेत रहेका केसि नगत पुरस्कार सहित सम्मानित भएका हुन ।

स्वर्गीय धनिराम के.सी का सुपुत्र नीरज के.सीले आफ्ना बाबु धनिराम के.सी स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारीको रोगबाट अकल्पनीय निधन भएकाले स्वास्थ्य पोषण क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरूप पुरस्कार वितरण गरेका हुन ।

विगत लामो समय देखी स्वास्थ्य क्षेत्रको अहेबको सरकारी सेवाबाट काम गर्दै जनस्वास्थ्य अधिकृत सम्मको काम गरेको सो क्षेत्रमा काम गर्दागर्दै केसिको २०७८ जेठ ६ गते अकल्पनीय निधन भएको थियो ।

बाबु स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्दै मृत्यु भएको आफ पनि स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्ने भएकाले बाबुको सम्झनामा पत्रकारलाई सम्मान गरिएको  केसिले बताए । आफूले बिगतका दिनमा अक्षयकोष स्थापना गरेर स्वास्थ्य पोषणका क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने उनले बताए ।

यस्तै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्वर्गीय धनिराम के.सी स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्दै अकल्पनीय निधन भएकोमा दुख व्यक्त गरे । स्वास्थ्य नै सबैभन्दा ठुलो भएकाले सबै भन्दा पहिले आफ्नो स्वास्थ्य लाई ख्याल गर्न सबै पत्रकारलाई आग्रह गरेका छ्न ।

शारदा नगरपालिकाले पनि नगरपालिकाको बारेमा नगरपालिकाले गरेका राम्रा नराम्रा कामको बारेमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताए । उनले भने नगरपालिकाले गरेका हरेक गतिविधिलाई बाहिर ल्याउनुहोस् त्यो चाहे राम्रो होस या नराम्रो नगरपालिकाको क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने नीति नगरपालिकाले लिएको बताए ।

कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष दीपेन्द्र शाही जिल्लामा क्रियाशील पत्रकार लगायतको सहभागिता रहेको थियो । पत्रकार शंकर के.सी ले कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए भने पत्रकार महासङ्घका उपाध्यक्ष सरिता चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह सचिव बुद्धि पुनले गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस