२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता बागचौर नगरपालिका वडा नं. ४ मा उद्घाटन ।

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता बागचौर नगरपालिका वडा न ४ को लौराबाङमा एक कार्यक्रमका बीच आज उद्घाटन भएको छ ।

स्वास्थ्यका लागि खेलकुद , रास्ट्रका लागी खेलकुद , भन्ने मुल नाराका साथ मंसिर पुर्णिामाको अबसरमा आयोजित कार्यक्रमको उद्घाटन बागचौर नगरपालिकाका युवा तथा खेलकुद संयोजक तथा वडा न १२ का वडा अध्यक्ष टिकाराम ओलिले ब्यानर पढेर गर्नुभएको थियो ।

खेल क्षेत्रमा स्थानिय सरकारले लगानी गर्न सके बागचौर नगरपालिकालाई राष्ट्रिय स्तरमा जिल्लालाई चिनाउन सकिने जिकिर कार्यक्रम बोल्ने बक्ताहरुले गरेका थिए।

भलिबल खेलमा प्रथम हुने टिमलाइ (२०,०००) बिस हजार, द्वितीय हुने टिमलाइ (१५,५००) पन्द्र हजार पाँच सय र तृतीय हुने टिमलाइ (७,५००) सात हजार पाँच सय पुरस्कार रहेको छ । खेल २० गते सम्म संचालन हुनेछ ।

बिशिस्ट अतिथि बागचौर नगरपालिका नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत रहनुभएकाे थियो । अन्य अतिथि हरुमा तरुण दल सल्यान क्षेत्र न १ का क्षेत्रीय संयोजक कमल चन्द, इलाका प्रहरी कार्यालय सिमखोलिका ईन्चार्ज जयराम बुढाथोकी, रेडियो मध्यपहाडका स्टेसन म्यानेजर लोकमान चन्द लगायतको उपस्थिति रहेको थियो।

शारदा त्रीवेणी युवा क्लव र शारदा सामुदायिक वन उपभोक्ता समितीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रको सभाध्यक्ष गौरिलाल पुनले गरेका थिए भने कार्यक्रमको सहजिकरन धन बहादुर पुनले गर्नुभएको थियोे।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस