२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

अभिनेता पल शाहले पाए सफाई, साेमबार रिहा हुने

बाल यौन दुरुपयोगको केशमा जेल सजाय भोगीरहेका अभिनेता पल शाहले सफाई पाएका छन्। उच्च अदालत पोखराले अभियोग नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।                 

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो । योसँगै पल भोलि नै रिहा हुने बताइएको छ ।                                                   

जिल्ला अदालत नवलपुरले शाहलाई साढे दुई जेल सजाय तोकेको थियो । त्यस्तै शाह माथि सोहि प्रकारको मुद्दामा जिल्ला अदालत तनहुँले पनि सफाई दिएको थियो ।                           

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस