२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

सल्यानको बागचौर नगरपालिकामा अपाङ्गताको पहिचान गरि परिचयपत्र वितरण

सल्यानको बागचौर नगरपालिकामा अपाङ्गताको पहिचान गरि परिचयपत्र वितरण गर्न थालिएको छ । अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरको आयोजना गरि अपाङ्गताको पहिचान गरि परिचयपत्र वितरण गर्न थालिएको हो ।                 

बागचौर नगरपालिकाको आयोजना र युरोपियन युनियन, सेफ द चिल्ड्रेन, सिविसको सहकार्यमा आयोजना गरिएको शिविर बाट अपाङ्गता भएका व्यक्तिको पकृती हेरी उनिहरुको पहिचान गरेर परिचयपत्र दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणको शिविर बुधवार प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सम्पन्न भएको छ ।

शिविर बाट बागचौर नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८ र १० का १ सय ५९ अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिएका छन । ९४ जना पुरुष र ६५ जना महिलाले सेवा लिएका हुन भने अपाङ्गता परिचयपत्र कार्यबिधि बमोजिम सम्भाबित अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरि परिचयपत्र दिन योग्य ४० जना छनोट भएका छन । शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न र स्वास्थ्य चेक जाँचको लागि जिल्ला अस्पताल सल्यान बाट डाक्टरको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।                                                                                 

राज्य बाट पाउने सेवा सुबिधा बाट बन्चित नहुन र अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी गराउनको लागि नगरपालिका भित्र रहेका अपाङ्गताहरुको पहिचान गरि परिचयपत्र दिन सुरु गरिएको नगरप्रमुख जनक गौतमले बताउनु भयो । पहिलो चरणमा शिविरको आयोजना गरि छनोट भएका व्यक्तिहरुलाई वडा वडा बाट परिचय पत्र वितरण गरिने उहाँले बताउनु भयो ।               

पालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरु सदरमुकाम जान कठिन हुने भएकाले स्वास्थ्य अवस्थाको जाँच गर्न र सजिलै सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाका २ स्थानमा शिविरको आयोजना गरिएको नगरउपप्रमुख सुम्निमा डिसी वलीले बताउनु भयो । फरक क्षमता भएको व्यक्तिहरुको लागि आगामी दिनमा बिभिन्न सिप बिकासका कार्यक्रमहरु संचालन गरी आत्मानिर्भरमा जोड दिने बताउनु भयो ।                                 

आफहुरुले पालिका भित्र आयोजना गरिएको शिविर बाट सेवा पाउँदो खुसी लागेको सेवाग्राही यादवजंग चन्दले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुले पाउँनु पर्ने सेवा सुबिधा धेरै भएकाले राज्यले दिने सेवा दिनमा कन्जुस्याई नगर्न पनि आग्रह गर्नुभयो ।                                                                         

शिविरमा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं.४ का वडा अध्यक्ष कृष्ण बस्नेत कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, रोजी भण्डारी, ढाका कुमारी डाँगी वली, वडा सदस्य साबित्रा बि.क, स्वास्थ्य शाखा प्रमुख हरि कठायत, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।                                                       

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस