२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

सल्यानमा कांग्रेसको बिद्रोह, पुर्ब मन्त्री र पार्टीका प्रदेश सह-महामन्त्रीको उम्मेद्बारी दर्ता

सल्यान कांग्रेसमा बिद्रोह भएको छ । गठबन्धन बिरुद्ध कांग्रेसका नेताहरुले स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका छ्न ।

पुर्ब राज्य मन्त्री राजेन्द्र बहादुर शाहले प्रतिनिधि सभा र कर्णाली प्रदेश कार्यसमितिका सह-महामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि ( क ) बाट उम्मेद्बारी दर्ता गराएका हुन ।

शाह र डाँगी २०७४ को निर्वाचनमा समेत उम्मेद्बार बनेका थिए ।

गठबन्धनले प्रतिनिधि सभामा नेकपा एकीकृत समाजबादिका नेता प्रकाश ज्वाला, प्रदेश निर्वाचन ( क ) मा माओवादीका भिमप्रकाश शर्मा र ( ख ) मा कांग्रेसका सुरेश अधिकारीलाई उम्मेद्बार बनाएको छ ।

आफुहरुलाई पार्टीले अन्याय गरेको भन्दै गठबन्धन बिरुद्ध उम्मेद्बारी दर्ता गराएको राजेन्द्र बहादुर शाहले बताएका छन । शाहले नेपाली कांग्रेस समेत परित्याग गरेका छन ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस