२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

काँग्रेस महामन्त्री गगन थापा सल्यान आउदै: जिल्ला सम्मेलन तथा बृहत आमसभालाई सम्बोधन गर्ने

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सल्यानकाे आयोजनामा प्रथम जिल्ला सम्मेलन तथा बृहत आमसभा हुने भएको छ ।

बुधबार नेपाली काँग्रेस जिल्ला कार्यसमिति सल्यानकाे वि.पी स्मृति भवनमा सम्पन्न बैठकले २०८१ फाल्गुन १० गते जिल्ला सदरमुकाम खलंगामा प्रथम जिल्ला सम्मेलन तथा  बृहत् आमसभामा हुने जानकारी दिएको छ ।

जिल्ला सभापति केश बहादुर बिष्टका अनुसार प्रथम जिल्ला सम्मेलन तथा बृहत आमसभामा नेपाली काँग्रेसका महामन्त्री, प्रभावशाली युवा नेता माननीय गगन थापाकाे प्रमुख उपस्थिति रहनेछ ।

जिल्ला सम्मेलन तथा बृहत आमसभालाई भव्य रूपमा सम्पन्न गर्न जिल्लाका १० वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधि, वडा सभापति, नगर सभापति एवम् पदाधिकारी, प्रदेश सभापति एवम् पदाधिकारी सदस्य, क्षेत्रीय सभापति एवम् पदाधिकारी सदस्य, महाधिवेशन प्रतिनिधि एवम् महासमिति, भातृ संस्था, शुभेच्छुक संस्थाका प्रमुख एवम् पदाधिकारी साथै क्रियाशील सदस्यलाई अनुरोध गरेको छ । साथै जिल्ला सम्मेलन तथा बृहत आमसभामा लागि नेपाली काँग्रेस प्रति आस्थावान, शुभेच्छुक लगायत सबैमा उपस्थितिका लागि नेपाली काँग्रेस सल्यानले अग्रह गरेकाे छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया लेख्नुहोस