२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचाैर नगरपालिकामा दास्राे मेयरकप खेलकुद प्रतियोगिता सुरु

जेठ ७,सल्यान ।
“स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सल्यानको बागचाैर नगरपालिकाको दोस्रो मेयर कप खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।
बागचाैरको अग्ला टाकुरा भ्यू टावरमा एक कार्यक्रमकको आयोजना गरि दोस्रो मेयर कप प्रतियोगिताको आज आइतबार उद्घाटन गरिएको हो ।


बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमको अध्यक्षता, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्यतामा  प्रतियोगिताकाे समुद्घाटन भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले नेपालमा ब्यवसायिक खेलकुद हुन नसेको बताउनुभएको छ । छिमेकी रास्ट्रहरुले खेल क्षेत्रमा गरेको उपलब्धिलाई उदाहरण दिदै नेपालमा पनि राज्यले खेलाडीको उचित व्यवस्थापन गर्दै खेल क्षेत्रमा समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख गौतमले बागचौर नगरबासीको समृद्धि र विकास निर्माणमा माथि उठ्न जनताले दिएको जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्दै अगाडि बढेको बताउनुभयो । खेलको भावनालाई उच्च सम्मान गर्दे, मेयर कपमा फुटबल खेललाई समावेश गर्ने चाहाना हुदाहुदै विभिन्न वडामा खेल मैदानको अभाव भएकाले वडाबाटै खेलाडि चयन भएर मेयर कप खेल्न आउने भएका कारण यो पटक फुटबल खेल खेलाउन नसकेको उँहाको भनाई छ । आउदो मेयर कपमा फुटबल खेललाई समावेश गर्ने नगर प्रमुख गौतमको भनाई छ ।

 

कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिकाकि उपप्रमुख सुम्निमा डि.सी. वलीले दोस्रो मेयरकप प्रतियोगिताका सम्पुर्ण खेलहरु सभ्य, भव्य र विवादरहित तरिकाले सम्पन्नकाे हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरु सबैलाई खेलमा सहभागीता भै स्वच्छ तरिकाले प्रतिस्पर्धा गर्नु नै विजय हुनु सरह भएको बताउनुभयाे ।
खेल खेल्दै गर्दा आउने विवाद तथा समस्याहरुको आयोजक टिम, रेफ्री र खेलाडीहरु मिलेर समाधान गर्नु पर्ने उहाँको भनाइ रहेको छ ।

दोस्रो मेयर कप उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा नगर भित्रका १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य नगरपालिकामा कार्यरत कर्मचारीहरु, बागचाैर नगरपालिकाका सबै वडाका खेलाडीहरु, विभिन्न वडाका आमा समूहहरु लगायत खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

आजबाट सुरु भएको मेयर कपमा नगरभित्रका १२ वटा वडाका खेलाडी बिच भलिवल, कवड्डी, एथ्लेटिक्स र मार्सलआर्ट तर्फका सबै विधाका खेल संचालन हुने र मेयर कप जेठ १० गते सम्म चल्ने बागचाैर नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस