२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

प्रगति बचत तथा ऋण सहकारि संस्था लिमिटेडकाे २५ औं वार्षिक साधारणसभा अधिवेशन उद्घाटन

मङ्सिर ८, सल्यान ।                                                  बागचाैर नगरपालिका २, थारमारेमा रहेको प्रगति बचत तथा ऋण सहकारि संस्था लिमिटेडकाे २५ औं वार्षिक साधारणसभा अधिवेशनकाे बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।                 

प्रगति बचत तथा ऋण सहकारि संस्था लिमिटेड २०५३ सलमा स्थापना भएको संस्था हाे, हाल करिब  २,९३५ सेयर सदस्य रहेका छन ।

सदस्य हरूको बचत सुरक्षित गर्ने, समाजिक क्षेत्रमा कार्य गर्ने र उत्पादन मुलक क्षेत्रमा कर्जा लगानि गर्ने मुख्य उदेश्य रहेको यस संस्थाको आर्थिक वर्ष २०७८/०७९ को कूल पूँजि रू. ६ करोड ९४ लाख ३ हजार २८६ रूपिया को बजेट पेश गरिएको थियोे। आर्थिक वर्ष २०७८/०७९ मा संस्था का शेयर सदस्य हरूलाई सुत्केरी सेवा, कृयाखर्च, क्षतिपूर्ति सहयोग बापत रु १ लाख ६५ हजार सेवा सुविधा प्रदान गरिएको जानकारि गराइएको थियो । आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक निति कार्यक्रम तथा रू.१२,८४,४३,४१५.६० को बजेट पेश गरेको थियोे ।               

उद्घाटन कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले सहकारी बाट जुन उदेश्यले कर्जा लिइन्छ त्यसमा लागानी गर्ने बानी नहुदा धेरै समस्यामा पर्ने गरको बताउदै, सहकारीले उपलब्ध गराउने कर्जालाई उत्पादन मुलुक क्षेत्रमा लगानी गरेमा त्यस बाट राम्रो लाभ लिन सकिनेमा जाेड दिनु भयाे । बैंक तथा विक्तिय संथाले सहुलियत कर्जा उपलब्ध गराउदा नजिकका चिनेजानेका लाई भन्दा निम्न आयस्रोत भएकालाई उपलब्ध गराउनु आग्रह गर्दै सहुलियत कर्जा उपलब्ध गराउदा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो ।     

कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथि अनन्तकुमार गौतमले
सवैकाे विश्वास र बचत गर्ने बानीले भविष्यमा हुने आर्थिक संकटको समस्या समाधान गर्न सकिने बताउनुभयो । ग्रामीण स्तरमा बचत मात्रै नभएर लगानी पनि बढाइ लघु उद्धमहररु संचालन गरेमा आत्मनिर्भर हुन मदत पुग्ने बताउनुभयो ।           

कार्यक्रममा बाेल्दै बागचाैर नगरपालिका नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीले विश्वास,इमानदारीता र पारदर्शिता भएर सवै मिलेर सहकारीकाे क्षेत्रमा राम्रो काम गरेको बताउदै करिब २९०० सेयर सदस्य भएको सहकारीले अझै सदस्य बढाउने र बचत सुरक्षित गर्ने, समाजिक क्षेत्रमा कार्य गर्ने र उत्पादन मुलक क्षेत्रमा कर्जा लगानि गर्ने कार्यमा काम गर्न अनुरोध गर्नुभयो ।                                                               

कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को निति कार्यक्रम तथा बजेट संस्था का कोषाध्यक्ष तथा कार्यक्रम संयोजक लक्ष्मीनारायण के,सी ले पेश गर्नुभएको थियोे ।                                                         

संस्थाका अध्यक्ष प्रेम बहादुर के,सीकाे अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार संस्थाका सेयर सदस्यहरु लगाएतकाे उपस्थिति रहेको थियो ।                                       

कार्यक्रममा संस्थाका संचालक समिति सदस्य प्रगति बचत तथा ऋण सहकारि संस्था लिमिटेडका सल्लाहकार चुडामणि के.सीकाे स्वागत मन्तब्य राख्नुभएको थियो ।                         

उद्घाटन तथा छलफल कार्यक्रम को संचालन संस्थाका संचालक समिति सदस्य कृपाराम शर्माले गर्नु भएको थियो । एकाईगत रूपमा ६ स्थानमा संचालन भएको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशन २०७९ मंसिर १० गते समापन हुनेछ ।               

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस