२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

बागचाैर नगरपालिका वडा नम्बर ९, माझगाउँमा विधुत लाइन उद्घाटन: करिब १०० घरधुरी लाभान्वित

बागचाैर नगरपालिका वडा नम्बर ९, माझगाउँमा विधुत लाइन पुगेको छ । शनिबार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा विधुत उद्घाटन गरिएको हाे । विधुत लाइन विस्तार पछी माझगाउँका करिब १०० घरधुरी विधुत सेवा बाट लाभान्वित भएका छन ।

विधुत लाइन उद्घाटन गर्दै बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले ले वडाकाे प्रमुख समस्याकाे रुपमा रहेको विधुत लाइन बिस्तार हुदा खुसी ब्यक्त गर्नुभयाे । स्थानीय सरकार चुलाेकाे सरकार भएकाले निर्वाचनमा जुन दल बाट निर्वाचित भएर आएको भएपनि अब विकासका सवालमा सबै एक ढिक्का भएर लागेमा जनताका चाहाना अनुसारकाे विकास हुने उहाँको भनाइ छ । उहाँले वडाका सबै बस्तीहरुमा आफ्नो कार्यकाल भित्र विधुत लाइन बिस्तार गर्ने लक्ष्य लिएर काम गरिरहेकाले वडाका सबै नागरिक अब विधुतकाे पहुँचमा रहने बताउनुभयो । नगरपालिकाले खानेपानी र विधुतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकाे उहाँले बताउनुभयो ।

कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) ले १२ वटा वडाका प्रत्येक गाउँ टाेलमा विधुत सेवा विस्तारका लागि काम गरिरहेको बताउनुभयो । समिति मार्फत काम गर्न गार्‍हो भएकोले विधुत विस्तारलाई टेन्डर सिस्टममा लैजान आवश्यक रहेको बताउनुभयो । एकैचोटि सबै ठाउँहरुमा विधुत लाइन विस्तार गर्न नसिकिने भएकोले क्रमस सबै ठाउँमा विधुत विस्तार हुने हुदा धैर्य गर्न सबैलाई आग्रह गर्नुभयो । विधुत प्रयाेग निकै जाेखिम हुने भएकोले सावधानी तरिकाले प्रयाेग गर्न सबैमा अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा बाेल्दै वडा नम्बर ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगीले माझगाउँमा विधुत लाइन विस्तार हुदा खुसी व्यक्त गर्नुभयो । नगरपालिकाकाे अन्य वडाकाे तुलनामा ९ नम्बर वडाका थाेरै मात्र टाेलमा विधुत लाइन विस्तार भएकोले नगरपालिकाले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

वडा नम्बर ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) वडा नम्बर ९ का वडा सदस्य कमल डाँगी, महिला वडा सदस्य कल्पना डाँगी, दलित सदस्य लक्ष्मी दमाई विभिन्न राजनितीक दलका नेता, पत्रकार र स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस